भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

काठमाडौँ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका-६ का ७८ वर्षीय पुरूषको सोमबार विहान ७ बजेर २० मिनेटमा मृत्यु अस्पतालको कोभिड उपचार संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए ।

मृतक पुरुषलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको डा पौडेलले बताए । हालसम्म चितवनमा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार