रुकुम पश्चिमको एक विद्यालयमा आगलागी, २५ लाख बराबरको क्षति

रुकुम पश्चिमको एक विद्यालयमा आगलागी, २५ लाख बराबरको क्षति

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न १२ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा आगलागी भएको छ । बुधबार साँझ विद्यालयमा रहेको सोलारको ब्याट्री सर्ट भएर बिष्फोट हुदा आगलागी भएको प्रहरीको अनुमान रहेको छ  ।

विद्यालयमा २४ सय वाटको सोलार राखिएको थियो । आगलागीबाट विद्यालय भवन, कागपत्र, बेञ्च, डेस्क, कुर्सी लगायत सामग्री जलेर नोक्सानी भएको। आगलागी बाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीयले बताएका छन ।

घटना स्थलमा प्रहरी चौकि सर्केना बाट खटेकोे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक कृष्ण डाँगीले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार