धनगढीका ८० वर्षीय कोरोना संक्रमितको मृत्यु

धनगढीका ८० वर्षीय कोरोना संक्रमितको मृत्यु

फाइल फोटो

कैलाली । धनगढीमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उप महानगरपालिकाको-३ मिलन चोकका ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

यो सँगै सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित पुरुषको अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उपचारकै क्रममा आइतबार राती उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनी एक साता पहिले अस्पताल भर्ना भएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार