हेटौँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

हेटौँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको  ना ३ क ८३३३ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो । सोही दुर्घटनामा परी हेटौँडाका निरज राई घाइते भएका छन् । घाईतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार