रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख सहित पाँच पक्राउ

रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख सहित पाँच पक्राउ

मुसिकाेट । जुवा खेल्दै गरेको अवस्थामा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । समन्वय प्रमुख गजेन्द्र बहादुर ओली सहित पाँच जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ पातुखोलामा रहेको भरत घर्तिको घरमा जुवातास खेलिरहेका उनीहरुलाई शुक्रबार २५२००  रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी निरिक्षक कपिल शाहिले बताउनुभयो । समन्वय प्रमुख ओलि सहित रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर ५ का सुवास घर्ति, सोही पालिकाको वडा नम्वर १० का जितेन्द्र बुढा, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ७ का लिलबहादुर पुन र मुसिकोट नगरपालिका वडा नम्वर १ का कमल गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसनधान कार्य भईरहेको प्रहरी निरिक्षक शाहिले जनाउँनुभयो । उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको (जुवा) मुद्धा चलाईने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार