आज सुनको भाउ तोलामा ७ सयले घट्यो

आज सुनको भाउ तोलामा ७ सयले घट्यो

काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिनमा १२ सय ६० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आजको भाउ १२ सय ३० रुपैयाँ तोकिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार