नेपालकै दोस्रो लामो पुल उद्घाटन गर्ने प्रधानमन्त्री ओली दाङ आउँदै

नेपालकै दोस्रो लामो पुल उद्घाटन गर्ने प्रधानमन्त्री ओली दाङ आउँदै

लमही । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) दाङको देउखुरीमा आउँदै छन्। राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन गर्न र राप्ती गाउँपालिकाको लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली यहाँ आउन लागेका हुन्।

आज बिहान ११ बजे सिसहनियाँ–महदेवा जोड्ने पक्की पुलको उद्घाटन गर्ने र त्यसपश्चात लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख भूमिश्वर ढकालले जानकारी दिएका छन । पार्टीभित्र देखिएको विवादकाबीचमा हुन लागेको जनसभालाई सफल पार्न जनपरिचालन गरिएको छ। जनसभामा ५० हजार नागरिक भेला पार्ने दाबी गरिएको छ।

प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ । दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । उक्त पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो ।

८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार