सम्पादकहरूलाई धम्क्याएकोमा पत्रकार महासंघको आपत्ति

सम्पादकहरूलाई धम्क्याएकोमा पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सम्पादकहरूलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।                                                                                                       बुटवलमा मंगलबार भएको सार्वजनिक कार्यक्रममा  बस्नेतले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई धम्क्याएको भन्दै महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो।

उनले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाहरूले अराजकता फैलाएको भन्दै कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा, रातोपाटीका प्रधानसम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएका थिए।

यसरी धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले बताएको छ।

‘पत्रकारले समाचार लेखेका कारणले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने यो घटनाको महासंघ कडा शब्दमा भत्र्सना गर्दछ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार