खानेपानी मन्त्री मणि थापा नख्खु जेल पुगेर भेटे विप्लवका नेता ओलीलाई

खानेपानी मन्त्री मणि थापा नख्खु जेल पुगेर भेटे विप्लवका नेता ओलीलाई

काठमाडौ । खानेपानी मन्त्री मणि थापाले ललितपुरको नख्खु जेलमा पुगेर विप्लव समूहका नेतालाई भेटेका छन्। मंगलबार बिहान १० बजे जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई मन्त्री थापाले भेटेको जेलर मोहन अधिकारीले जानकारी दिए।

उनका अनुसार मन्त्री थापा केहीदिन अघिदेखि नै आउने कार्यक्रम थियो। कारागारमा भएको खानेपानीको समस्यालाई बुझ्नका लागि आउँदा उनलाई पनि भेटेको जेलर अधिकारीले बताए।

कारागारमा भएका खानेपानी, सरसफाइ तथा ढल निकासका समस्याहरूलाई बुझ्न आउनु भएको हो। मैले पनि उहाँलाई अनुरोध गरेको थिएँ। त्यसपछि आज उहाँ आउनुभो, जेलर अधिकारीले भने,ुडिप बोरिङ रिजर्भ ट्याङ्क राख्नका लागि उहाँले भित्र गएर निरीक्षण पनि गर्नुभयो।

भित्र कैदीबन्दीहरूको अवस्था हेर्न जानू भएको थियो जाने क्रममा उहाँसँग पनि सामान्य भेटघाट भयो। विप्लव नेता ओली दुई वर्षदेखि नख्खु जेलमा छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार