कमलपोखरीमा अनधिकृत रूपमा बनाइएको भवन भत्काइयो

कमलपोखरीमा अनधिकृत रूपमा बनाइएको भवन भत्काइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरी निर्माण कार्य गुरुयोजनाअनुरूप नै भएकोले विरोध गर्नुपर्ने कारण नभएको जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कमलपोखरीको संरक्षण गर्नका लागि गुरुयोजना बनाएर निर्माण कार्य गरिरहेको र कमलपोखरीको जग्गामा अनधिकृत रूपमा बनाइएको स्पोर्ट्स क्लब र राधेराधेको भवन भत्काएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको बताए । उक्त भवनहरु स्वीकृति नलिई बनाइएको उनले जानकारी दिए ।

कमलपोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौं महानगरपालिको अनुरोधमा छोडेको उनको भनाइ छ । स्पोर्ट्स क्लब र राधेराधेको भवन अनधिकृत रूपमा निर्माण भएको सूचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि त्यहाँबाट उक्त भवन हटाइएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार