पूर्व एसपी नरेन्द्र उप्रेती कांग्रेसमा प्रवेश

पूर्व एसपी नरेन्द्र उप्रेती कांग्रेसमा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेती नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले मोरङको सुन्दरहरौंचामा आयोजित समारोहका बीच पार्टी प्रवेश गराएका हुन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा नपरेपछि असन्तुष्टि जनाउँदै २७ माघ २०७५ मा उनले प्रहरीबाट राजीनामा दिएका थिए । उप्रेतीसँगै राप्रपाका पूर्वकेन्द्रीय सदस्य कृष्ण भट्टराई, पूर्वसह–सचिव प्रेमप्रकाश उप्रेतीसहित २३३ जना कांग्रेस प्रवेश गरेका छन् ।  प्रतिनिधिसभा विघटनको घोषणालगत्तै नेता कोइराला अहिले देश दौडाहमा रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार