भागरथी भट्टका हत्यारालाई कारबाही गर्न कांग्रेस सभापति देउवाको माग

भागरथी भट्टका हत्यारालाई कारबाही गर्न कांग्रेस सभापति देउवाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

देउवाले उक्त घटनाका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्। देउवाले १७ वर्षीया किशोरीको हत्याको घटनाले आफू निकै मर्माहित भएको पनि उल्लेख गरेका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घर नजिकैको जंगलमा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या गरिएको प्रहरीको आशंका छ। घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको सिआइबीको टोली पनि घटनास्थल खटिएको छ।

भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतक किशोरी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार