मंगलबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

प्रतीकात्मक तस्बिर।

काठमाडौँ । नेपालमा मंगलबार थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ। पछिल्लो २४ घण्टामा ९९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ३०३ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार