विद्यालय व्यवस्थापन समिति गठनकाे माग गर्दै अभिभावक आन्दाेलित

विद्यालय व्यवस्थापन समिति गठनकाे माग गर्दै अभिभावक आन्दाेलित

रूकुमकाेट । पूर्वी रूकुमकाे रुक्मिणी माध्यामिक विद्यालका अभिभावकहरू आन्दाेलित भएका छन् ।

पुरानाे विद्यालय व्यवस्थापन समितिकाे कार्यकाल सकिएकाे लामाे समयसम्म पनि नयाँ व्यवस्थापन समिति गठन नभए पछि अभिभावकहरू आन्दाेलित भएका हुन् ।

अभिभावकहरूले तत्काल व्यवस्थापन समिति गठन गर्नुपर्ने बताएका छन् । निवर्तमान अध्यक्ष मदन शाहकाे कार्यकाल सकिएकाे डेढ वर्ष पुुरा भएकाे छ । आफ्नाे कार्यकाल सकिएकाे डेढ वर्षसम्म पनि नयाँ व्यवस्थापन समिति गठन नभए पछि शाहले गत माघ १५ गते आफूले अब कामचलाउ हैसियतमा पनि काम नगर्ने घाेषणा गर्नुभएको छ ।

अभिभावकहरूले सिस्ने गाउपालिकामा तत्काल व्यवस्थापन समिति गठनका लागि ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिका नेतृत्वले विद्यालय जस्ताे पवित्र स्थानमा राजनीति गर्न खाेजेकाे उनीहरूले आराेप लगाएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार