भोजपुरको आमचोक गाउँपालिकामा लकडाउन अवधिभर प्रवेश निषेध

भोजपुरको आमचोक गाउँपालिकामा लकडाउन अवधिभर प्रवेश निषेध

भोजपुर। कोभिड-१९ को जोखिम नियन्त्रणका लागि आमचोक गाउँपालिकाले बाहिरबाट आएका व्यक्तिहरूलाई गाउँपालिका प्रवेशमा रोक लगाएको छ।

लकडाउन अवधिभर गाउँपालिका छिर्ने मुख्य नाकाहरूमा पहरा दिएर आवतजावत बन्द गरिएको गाउँपालिका प्रमुख अशोक राईले जानकारी दिए।

गाउँपालिकास्तरीय समन्वय समितिले तराईबाट आमचोक प्रवेश गर्ने मुख्य नाकाहरु रानिटार,हैखराङ, बयाङमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको हेल्थ डेस्क राखेको छ।

गाउँपालिकाको केन्द्र बालांखामा १५ बेडको क्वारेन्टाइन स्थापना गरिएको गरिएको राईले बताए।

गाउँपालिकाभरिका नौ वटा स्वास्थ्य चौकी, वडा कार्यालय र जमघट हुने ठाउँहरूमा साबुनपानी र स्यानिटाइजरको व्यवस्था मिलाइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार