तनहुँको शुक्लागण्डकीमा बगरको ढिस्कोले पुरिँदा एकजनाको मृत्यु

तनहुँको शुक्लागण्डकीमा बगरको ढिस्कोले पुरिँदा एकजनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकीमा बगरको ढिस्कोले पुरिँदा मंगलबार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

किमलघाटस्थित सेतीनदी बगरमा काम गर्ने सिलसिलामा ढिस्कोले पुरिएर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार