निजामती अस्पतालको निर्देशकमा डाक्टर पौडेल

निजामती अस्पतालको निर्देशकमा डाक्टर पौडेल

काठमाडौं । निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा विधाननिधी पौडेल नियुक्त भएका छन् । वीर अस्पतालमा कार्यरत उनलाई मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निजामती अस्पतालको निर्देशकमा नियुक्त गरेको हो।

त्यसअघि कार्यकारी निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसमा डा.पौडेलसहित डा. दिनेशकुमार लम्साल र डा. प्रकाशराज न्यौपानेको नाम सिफारिस गरिएको थियो । सोही मध्यबाट मन्त्रिपरिषदले डा.पौडेललाई छानेको हो ।

कार्यकारी निर्देशकका लागि ८ जनाको आवेदन परेको थियो। समितिले आवेदन दिएकामध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अंकको आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार