आईतबार ५३ संक्रमित, ८९१ जना आइसोलेसनमा

आईतबार ५३ संक्रमित, ८९१ जना आइसोलेसनमा

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ५३ जना कोभिड(१९ संक्रमित थपिएका छन् । विगत चौबीस घण्टामा दुई हजार ६१५ जनाको पीसीआर परीक्षण गरिएकामा ५३ जनाको नतिजा पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार २३१ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ३२६ जना पुगेको छ । हाल क्वारेन्टिनमा ४७ जना छन् भने आइसोलेसनमा ८९१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या भने शून्य छ, यसअघि शनिबारसम्म नेपालमा कोभिड १९ का कारण तीन हजार १४ जनाको मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार