बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु

फाईल फोटो

काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–२१ की ६९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि माघ १६ गते भेरी अस्पतालमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।

माघ १६ गते नै अस्पतालमा भर्ना भएकी उनलाई कोरोना पुष्टि भएपछि कोभिड आइसोलेसनको आईसीयू कक्षमा राखेर उपचार थालिएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार