पोषण र जीविकोपार्जनका लागि चल्ला वितरण

पोषण र जीविकोपार्जनका लागि चल्ला वितरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सुनौलो हजार दिने सुत्केरी आमा तथा दलित, बिपन्न र एकल महिलाहरुलाई कुखुराका चल्ला बितरण गरेको छ ।

सुनौलो हजार दिने सुत्केरी आमाको पोषणका लागि र दलित, गरिब तथा एकल महिलाहरुकोे जीविकोपार्जनका लागि कुखुराका चल्ला बितरण गरिएको नगरपालिकाका उप–प्रमुख प्रेम कुमारी सुनारले बताउँनुभयो । नगरपालिका अन्तर्गतका वडा नम्बर १, २, ३, ५, ६ र ७ का ३ सय २५ जनाले प्रतिव्यक्ति ५ को दरले कुखुराको चल्ला प्राप्त गरेका हुन् ।

नगरपालिकाको पशु सेवा शाखा र बहुक्षेत्रिय पोषण योजना कार्यक्रमद्धारा कुखुराका चल्ला खरिद गरि वितरण गरिएको पोषण सहजकर्ता माया केसीले बताउनुभयो । गत बर्ष चल्ला पाउनबाट बञ्चित भएका नगरपालिकाको वडा नम्बर २, ६ र ७ का २ सय जना सुनौलो हजार दिने सुत्केरी आमाहरुलाई एक हजार ओटा र वडा नम्बर १, ३ र ५ का १ सय २५ जना दलित, गरिब तथा एकल महिलाहरुलाई ७ सय कुखुराका चल्ला उपलब्ध गराईएको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार