असिनापानीले अन्न र बीउबालीमा क्षति, किसानहरु चिन्तित

असिनापानीले अन्न र बीउबालीमा क्षति, किसानहरु चिन्तित

मुसिकोट । सोमबार दिउँसो परेको असिनापानिले जिल्लाको बिभिन्न ठाउँमा लगाएको अन्नबाली र बीउबालीमा क्षति भएको छ । खेतीको उब्जनी ढल्याउने बेलामा असिनापनीले क्षति गर्दा किसानहरु चिन्तित बनेका छन् ।

मुसिकोट नगरपालिका वडा नम्बर १४ का कृषक रिसिराम केसीले असिनापानीले ढल्याउन लागेको गहुँ खेती र प्याजको बीउमा ठुलो क्षति गरेको बताउँनुभयो । उहाँका अनुसार सुन्तला खेती तथा अन्य फलफुल खेती र अन्नबालीमा समेत क्षति पुगेको छ ।

सोहि वडाका वडा अध्यक्ष भिम बहादुर विष्टका अनुसार वडाको छिवाङखोला, सतिपोले, झिमडाँडा लगाएतका क्षेत्रमा लगाएको गहुँबाली, प्याज, सुन्तलामा क्षति भएको छ । आफ्नो वडाका करिब ४५ घरधुरीले लगाएको खेतीबालीमा क्षति भएको वडा अध्यक्ष बिष्टले जनाउनुभयो । उहाँका अनुसार वडा कार्यालयबाट अब क्षतिका विवरण संकलन गरिने छ ।

अन्नबाली तथा बीउबालीको हिसाबले यो क्षेत्र राम्रो मानिन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार