सुर्खेतमा कोरोना परीक्षण गरिएका चार जनाको रिपोर्ट नगेटिभ

सुर्खेतमा कोरोना परीक्षण गरिएका चार जनाको रिपोर्ट नगेटिभ

चैत्र २० सुर्खेत
स्वास्थ्य सेवा निर्देशनालय अन्तर्गतको प्रयोगशाला सुर्खेतको कालागाउँमा आज  पहिलो दिन चारजनाको कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ । भारतबाट आएका तीन र अर्का एक स्थानीयको नमूना परीक्षण गरिएको हो ।

उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता जोशी भण्डारीले जानकारी दिनुभएको छ । उनहाँ अनुसार भोलिदेखि क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको नमूना परीक्षण गरिने छ ।

हाल कर्णालीमा ७६ महिला र सात सय ५८ जना पुरुष क्वारेन्टाइनमा बसेका छन् । यसभन्दा अगाडि कर्णालीका २८ जनाको नमूना परीक्षण गरिएको थियो ।

उनीहरुको पनि रिपोर्ट नेगेटिभ देखिएको थियो । यी २८ जनाको काठमाडौमा नमूना परीक्षण गरिएको थियो

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार