कांग्रेस महामन्त्री कोइरालाले दिए १३ लाख बराबरका स्वास्थ्य सामग्री

कांग्रेस महामन्त्री कोइरालाले दिए १३ लाख बराबरका स्वास्थ्य सामग्री

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गृह जिल्ला नवलपुरका स्वास्थ्यसंस्थाहरुलाई १३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

महामन्त्री कोइरालाले व्यक्तिगत खर्चमा गैडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली,मध्यविन्दु जिल्ला अस्पताल, बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र लगायतलाई अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।

६ थान अक्सिजन कन्सट्रेटर, १० थान अक्सिजन सिलिण्डर, २३ हजार थान सर्जिकल मास्क, ५ सय ६० वटा फेसशिल्ड, २ सय ३० लिटर स्यानिटाइजर, २ वटा आइसीयु बेड, २ सय ५० थान पिपिई हस्तान्तरण गरिएको महामन्त्री कोइरालाका सहयोगी एवं कांग्रेस नेता भरत तिवारीले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ नवलपुर लगायतलाई पनि कोइरालाले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार