अस्पतालमा प्रतिक्षालय बनाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी

अस्पतालमा प्रतिक्षालय बनाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी

दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङको तुलसीपुरस्थित कोरोना बिशेष अस्पताल बेलझुण्डीमा प्रतिक्षालय बनाउने भएको छ। कोरोना संक्रमित बिरामीका आफन्त तथा कुरूवाका लागि नेकपा दाङले प्रतिक्षालय निर्माण सुरू गरेको हो।

मंगलबार प्रतिक्षालयको शिलान्यास नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितल वलीले गरेका हुन्। वलीले कोरोनाविरूद्ध राज्यले प्रचारात्मक रूपमा केही गरे पनि मूलभूत रूपमा जनताप्रति उत्तरदायी ढंगले काम नगरको आरोप लगाए। कोरोना संक्रमित बिरामीका आफन्त तथा कुरुवालाई ओत लाग्ने कुनै संरचना नभएकाले आफूहरूले प्रतिक्षालय निर्माण गर्न लागेको उनले बताए।

प्रतिक्षालय निर्माणमा केही जनताप्रति उत्तरदायी व्यवसायीको सहयोग रहेको र पार्टीका नेता कार्यकर्ताको श्रमदानबाट एक साता भित्र निर्माण पुरा गरिने बताएका छन ।

कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंह, बिप्लव नेकपाका दाङ जिल्ला सेक्रेटरी प्रदिप वली, युवा संगठन नेपालका केन्द्रीय सदस्यद्वय तिलक योगी र वीरेन्द्र बिकलगायतको सहभागिता थियो।

प्रतिक्षालय निर्माण गर्न मंगलबार करीब २० जना नेकपाका कार्यकर्ताले श्रमदान गरिरहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार