कोरोना महामारीमा रुकुमको सिकाई र परिक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना महामारीमा रुकुमको सिकाई र परिक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुसिकोट । नेपाल पत्रकार महासंघ, रुकम शाखाको आयोजनामा कोरोना महामारीमा रुकुम पश्चिम र रुकुम पूर्वको सिकाई एवम् परिक्षा बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । शिक्षाविद डा. विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यतामा भर्चुल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा रुकुम पश्चिम र रुकुम पूर्वको शिक्षण सिकाई एवंम परिक्षाको बिषयमा छलफल भएको थियो । जिल्लामा स्थानीय तहहरुले अहिले सम्म पनि नतिजा प्रकाशन गर्ने सकेका छैनन । कार्यक्रममा स्थानिय तहका प्रमुख, स्थानिय तहका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधि , जिल्ला स्थित पेशागत शिक्षक संघ, संगठनका प्रमुख तथा प्रतिनिधी, पत्रकार र शिक्षा सम्बन्धि सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभभागिता रहेको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिब हिरा परियारले गर्नुभएको थियोे ।

शिक्षाविद् डा.विद्यानाथ कोइराला बजेट भर्चुअल कक्षा र शिक्षण सिकाइमा स्थानीय तहलाई जिम्मेवार बनाउन केन्द्रित हुनुपर्ने बताउनु भएको थियो । यसका साथै अब भर्चुअल कक्षा र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा जोड दिनुपर्ने बताउनु भएको छ ।

कार्यक्रमका सहभागिहरुले यस बर्षको शैक्षिक सत्र खेर जान नदिनको लागि अब जेठ महिना भित्रै सबै तहको नजिता प्रकाशन गरि असारबाट नयाँ शैक्षिक सत्र सूचारु गर्नुपर्ने बताएका छन । यसका साथै सहभागि शिक्षकहरुले आफुहरुलाई कोरोनाको खोप लगाउन नपाएको गुनासो गरेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार