कोराना बिरुद्ध अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई पूर्व बिद्यार्थीद्धारा स्वास्थ्य सामाग्री बितरण

कोराना बिरुद्ध अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई पूर्व बिद्यार्थीद्धारा स्वास्थ्य सामाग्री बितरण

मुसिकोट । रुकुम पश्चिममा सुरक्षाकर्मीलाई अति आवश्यक स्वास्थ्य सामाग्री बितरण गरिएको छ । रुकुम पश्चिमको त्रिभुवन जनता माध्यमिक विद्यालय खलंगामा २०६२ सालमा एसएलसी दिएका विद्यार्थीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई स्वास्थ्य सुरक्षाका स्वास्थ्य सामाग्री सोमबार बितरण गरेका हुन् ।

सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म रुकुम पश्चिमलाई १५ सय ओटा मास्क र ५ लिटर सेनिटाईजर विद्यार्थी र त्रिभुवन जनता माध्यमिक विद्यालय खलंगाका शिक्षक गोपिराम केसीले सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीलाई हस्तान्तरण गर्नु भएको हो ।

यस्तै उक्त टोलिले सल्ले विमानस्थ प्रहरी पोष्टमामा पनि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन । अभियानकी सदस्य सुष्मा घर्तिमगरका अनुसार ७ सय ओटा मास्क र १ सय ओटा सेनिटाईजर आज सल्ले प्रहरी पोष्टमा पुगेर पोष्ट इन्चार्ज प्रहरी नायब निरीक्षक शेरवहादुर चन्दलाई हस्तान्तरण गरिएको बताउनु भएको छ ।

यस्तै टोलिले यसअघि आफु सँगै एसएलसी परीक्षा दिएका मुसिकोट नपा राटामाटा निवासी हरिकाजी खड्कालाई घरमै पुगेर दश हजार बराबर सहयोग गरेको छ ।

त्रिभुवन जनता माध्यमिक विद्यालय खलंगामा २०६२ सालमा एसएलसी दिएका करिब ५० जना बिद्यार्थीहरु मध्य २४ जनाले अहिले सहयोग जुटाएर अहिले सामाजिक कार्यमा अग्रसर भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार