कोरोना नियन्त्रणमा बजेट चाहिने भन्दै सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका विभिन्न बजेट रोक्का

कोरोना नियन्त्रणमा बजेट चाहिने भन्दै सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका विभिन्न बजेट रोक्का

चैत २२ काठमाण्डौ
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको समयमा बजेट खर्च गर्नुपर्ने भन्दै मातहतका विभिन्न निकायको विभिन्न शीर्षकको बजेट रोक्का गर्न परिपत्र गरेको छ ।

मन्त्रालयले सबै महाशाखा, किताब खाना, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, मातहतका प्रतिष्ठान लगायतलाई पत्र पठाउँदै सार्वजनिक गतिविधि रोकिएको अवस्थामा कतिपय कार्यक्रम गर्न नसकिने जवाफ पठाएको हो ।

कोरोना नियन्त्रणमा बजेट चाहिने भएकोले विनियोजन ऐन २०७६ अनुसार चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम स्थगित गरी बजेट रोक्का राख्न भनेको हो ।

यस्तै सवारी साधन, मेसिनरी तथा औजार र फर्निचर खरिदसम्बन्धी बजेट, कम्प्युटर, सफ्टवेर सम्पत्ति प्राप्ति सम्बन्धी बजेट, पूँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति र भैपरी आउने पूँजीगत खर्चको बजेट पनि रोक्का राख्न भनिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार