कैलालीसँग सीमा जोडिएका बर्दियाका सबै नाका बन्द

कैलालीसँग सीमा जोडिएका बर्दियाका सबै नाका बन्द

चैत २२ बर्दिया  – छिमेकी जिल्ला कैलालीमा दुई र कन्चनपुरमा एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९)  को संक्रमण भएको पुष्टि भएपछि बर्दिया जिल्लामा थप उच्च सतर्कता अपनाइएको छ । आज बर्दियासँग सीमा जोडिएको कैलालीको सबै सीमा बन्द गरिएको छ ।

पैदल या गाडीमा हिँड्ने कसैलाई पनि प्रवेश गर्न नदिने राजापुर र ठाकुरबाबा नगरपालिकाका प्रमुखले बताएका छन् । कैलालीको टिकापुर सीमासँग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरिएको राजापुरका नगर प्रमुख शिवप्रसाद थारुले बताउनुभयो ।

यस्तै कैलालीसंग राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा जोडिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार