कोरोनाको आशङ्का गरिएका बाजुराका एक व्यक्तिको रिपोर्ट नेगेटिभ

कोरोनाको आशङ्का गरिएका बाजुराका एक व्यक्तिको रिपोर्ट नेगेटिभ

चैत २२ बाजुरा

बाजुरामा कोरोना संक्रमणको आशङ्का गरिएका व्यक्तिको नमुना जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।

परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको नमुनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

भारतको नयाँ दिल्लीबाट फर्किएका १६ वर्षका युवकलाई गएको मंगलबार जिल्ला अस्पताल बाजुरामा राखिएको थियो । क्वारेन्टाइनमा बसेका गौमुल गाउँपालिकाका उनलाई ज्वरो बढेपछि जिल्ला अस्पताल ल्याइएको थियो ।

कोरोनाको आशङ्कामा आइसोलेशन कक्षमा राखेर उपचार गरिरहेका युवकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हो ।

ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएका युवाको केन्द्रीय प्रयोगशालाबाटै परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेशन कक्षबाट डिस्चार्ज गरिएको छ ।

भर्ना भएकै भोलीपल्ट नमुना जाँचका लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो । धनगढीमा मेसिन जडानमा ढिलाई हुँदा जाँचका लागि काठमाडौं पठाइएको हो ।

ढुक्क हुनेगरि नतिजा आएकोले बिरामीलाई अन्य बिरामीसँगै राखिने बेडमा सारिएको अस्पतालले जनाएको छ । थप चेक जाँच गरेर केही दिनमै घर पठाउने कार्यालय प्रमुख समेत रहनुभएका डाक्टर विश्वकर्माले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार