रुकुम पश्चिममा योग दिवस मनाईयो

रुकुम पश्चिममा योग दिवस मनाईयो

मुसिकोट । सातौं अन्तर्राष्टिय योग दिवस रुकुममा पनि मनाईएको छ । आज स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको आयोजनामा ‘स्वास्थ्यका लागि योगा’ भन्ने मुल नाराका साथ योगा र अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाईएको हो ।

योगा कार्यक्रमका साथै योगाको महत्वको बारेमा छलफल गरेर दिवस मनाईएको नेपाल आयुर्वेद समाज रुकुमका सचिव ठानबहादुर केसीले बताउनुभयो । योगाको महत्वबारे जनमानसमा बुझाउनुपर्ने र सचेतानात्मक कार्यक्रम मार्फत सबैलाई योगा गरेर स्वस्थ रहन सन्देश दिनेगरी कार्यक्रममा छलफल भएको सचिव केसीले जनाउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यबस्थापक बिष्णु बुढाथोकी, आयुर्वेद शाखाका प्रमुख डा. मानबहादुर ओली, नेपाल आयुर्वेद समाज रुकुम पश्चिमका अध्यक्ष बिनोद बिष्ट लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार