आठबीसकोट नगरपालिकाले ल्‍यायो ८५ करोड २० लाखको बजेट

आठबीसकोट नगरपालिकाले ल्‍यायो ८५ करोड २० लाखको बजेट

आठविसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि ८५ करोड बढीको बजेट ल्याएको छ । बिहिबार नगर उप–प्रमुख गीता नेपालीले आर्थीक वर्ष २०७८/०७९ का लागि ८५ करोड २० लाख ६२ हजार २ सय ४० रुपैंया बराबरको बजेट नगर सभामा पेश गर्नुभयो ।

चालु तर्फ ३९ करोड ७४ लाख ७२ हजार रहेको छ ।  त्यस्तै पुँजीगत तर्फ ४५ करोड ४५ लाख ९० हजार २ सय ४० रुपैंया रहेको छ ।  नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा खर्च हुन नसकेको ३ करोड ८५ लाख आगामी आर्थिक वर्षमा खर्च गर्ने भएको छ ।

यस्तै संघीय सरकार वित्तीय समानीकरण अनुदानबाट ११ करोड ३४ लाख, संघीय सःशर्त अनुदानबाट चालु २२ करोड ७७ लाख, संघीय सःशर्त अनुदानबाट पुँजीगत १ करोड १९ लाख, संघीय सरकार राजश्व वाँडफाँटबाट ११ करोड २६ लाख ९९ हजार, संघीय समपूरक अनुदानबाट १ करोड ३९ लाख, संघीय विशेष अनुदानबाट १ करोड ६६ लाख, संघीय सरकारबाट अन्य अनुदान मार्फत १३ करोड प्राप्त हुने आठविसकोट नगरपालिकाले जनाएको छ ।

वजेट-वक्तव्य-२०७८-१.pdf

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार