ओरेकद्धारा रुकुममा राहत वितरण

एक हप्तामा ३ सय परिवारलाई राहत वितरण गरिने

ओरेकद्धारा रुकुममा राहत वितरण

एक हप्तामा ३ सय परिवारलाई राहत वितरण गरिने

मुसिकोट । महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले रुकुम पश्चिममा राहत वितरण कार्यक्रम सुरुवात गरेको जनाएको छ । जिल्लाका द्धन्द्ध प्रभावित, सुत्केरी, गर्भवती, अपाङ्गता भएका, अतिविपन्न, एकल महिला लगायत ३ सय परिवारको लागि राहत वितरण गरिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन ५० जना महिलालाई राहत वितरण गरिएको हो ।

बाफिकोट गाउँपालिका १ लागिनका ५० जना महिलालाई आज वडा अध्यक्ष हर्कु मल्लको उपस्थितिमा राहत बाँडिएको हो । ओरेक नेपाल रुकुमका जिल्ला कार्यक्रम संयोजक दिपा धितालका अनुसार, यहि सातामा जिल्लाका अन्य विभिन्न ६ वटा वडामा पनि राहत बितरण गरिने छ ।

त्रिबेणी गाउँपालिकाको वडा न. ३, ४ र ५, बाफिकोट गाउँपालिका वढा नं. १ र २ र मुसिकोट नगरपालिकाको वडा नं. ८ मा राहत सामाग्री बितरण गरिने संयाजक धितालले जनाउनुभयो । आज वितरण गरिएका राहत सामाग्रीहरुमा चामल, दाल, चना, तेल, नुन, सेनेटरी प्याड, साबुन र सरफ लगायत रहेका छन् ।

कार्यक्रममा महिलाका लागि अत्यावश्क सुरक्षित सामाग्री (डिग्नीटी किट) पनि बितरण गरिने छ । जसमा म्याक्सी, पेटिकोट, भित्रि कपडा, टवेल, ब्रस, मन्जन, स्याम्फु, साबुन, सरफ, नङकट, लोसन, काईयो, टिका, रबर, झोला, टर्च लगायतका सामाग्री रहने ओरेकले जनाएको छ ।

कोरोना महामारीका समयमा बेरोजगारी बढे पछि घरमा चुलो बल्न छोडेका उनिहरुलाई ओरेकको यो सहयोगले सहज हुने बताईएको छ । यस राहतले बिपन्न र समस्यामा परेकाहरुलाई दैनिक जीवनयापनमा सहजता हुने स्थानीयले बताएका छन् ।

ओरेकले जिल्लामा महिला हिंसा बिरुद्ध, आयआर्जन तथा सचेतिकरणका लागि कार्य गर्दै आईरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार