पछिल्लो २४ घन्टामा २३२८ संक्रमित थपिए, ३०६६ जना संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा २३२८ संक्रमित थपिए, ३०६६ जना संक्रमणमुक्त

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ५८३७ जनाको पिसिआर परीक्षणबाट १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४२९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३०६६ जना संक्रमणमुक्त भएका छन्। यस्तै १९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९१९८ जनाको मृत्यु भइसकेको छ।  अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४।३ प्रतिशत छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार