भारतबाट फर्केका वडाअध्यक्ष क्वारेन्टाइनमा

भारतबाट फर्केका वडाअध्यक्ष क्वारेन्टाइनमा

चैत २४ जनकपुर

भारतबाट फर्केका धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगेन्द्र पाठकलाई क्वारेन्टाइनमा राखिएको छ ।

पाठक भारतबाट करिब एक महिनापछि शनिबार राति आफ्नो घर फर्केका थिए । कोरोना संक्रमण फैलिन नदिन लक डाउन लगाएको अवस्थामा उनी शनिबार राति लुकेर घर आएपछि स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

उनलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेपछि उनी आफैं सोमबार बिहान क्वारेन्टाइनमा बस्न तयार भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले बताए ।

उनलाई जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।

वडा अध्यक्ष पाठक पछिल्लो एक महिनादेखि भारतको बिहार राज्यअन्तर्गत मधुवनीमा बस्दै आएका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार