मुसिकोट । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । नेपाली अमेरिकन नर्सिङ एसोसिएसन (नासा) ले जिल्ला अस्पताल सल्लेमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि ५ सय पिस एन-९५ मास्क सहयोग गरेको ।
सल्यान घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका गोपाल भण्डारी र नेपाली अमेरिकन नर्सिङ एसोसिएसनकी सदस्य युनिका खाम मगर सुबेदीको पहलमा उक्त सामाग्री सहयोग गरिएको हो ।
शुक्रबार नेपाली काङ्ग्रेस रुकुम पूर्बका उप-सभापति तेजेन्द्र खाम मगर मार्फत जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख बिष्णु बुढाथोकी, डा. बिक्रम मानन्धर र स्टाफ नर्स हिरा पुनलाई संयुक्त रुपमा एन-९५ मास्क हस्तान्तरण गर्नुभएको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस रुकुम पूर्बका सचिब भिम बहादुर खड्का, अस्पताल बिकास समिति रुकुम पश्चिमका पूर्ब अध्यक्ष सुन्दर ओली, नेपाल जनसंख्या पत्रकार संघका महासचिव हरिबिष्णु ओली लगायतको उपस्थिति रहेको थियो ।
यसका साथै केहि दिनमा जिल्ला अस्पताल रुकुम पूर्वमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि ५ सय पिस एन-९५ मास्क सहयोग गरिने बताएको छ ।


 
					
							 
			 
                             
                             
                             
                             
                            