नागरिक दैनिकका पत्रकारमाथि प्रदेश सांसदले गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ति

नागरिक दैनिकका पत्रकारमाथि प्रदेश सांसदले गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ति

चैत २४ सुर्खेत

नागरिक दैनिकका कर्णाली ब्यूरो प्रमुख नगेन्द्र उपाध्यायलाई मुगुका कर्णाली प्रदेशका सांसद दानसिंह परियारले अपशब्द प्रयोग गरेको प्रति नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार शाखाका सचिव सुदीप पुरीले एक विज्ञप्ती जारी गर्दै सांसद जस्तो गरिमामय पदमा रहेकै व्यक्तिबाट पत्रकार अपमानित हुनु दुर्भाग्य भएको जनाएका छन्।

पत्रकार उपाध्यायले उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको गाडी सांसद परियारकी श्रीमतीलाई लिन बाँकेको अगैया गएको विषयमा प्रतिक्रिया लिन खोज्दा अपशब्द प्रयोग गरी गालीगलौज गरेका थिए।

‘सांसद परियारले सामाजिक सञ्जालमा भ्रमपूर्ण सामग्री राखी पत्रकार र पत्रकारिताको प्रतिष्ठामा ठेस पुर्‍याउने कार्य गरेको प्रति महासंघ खेद व्यक्त गर्दछ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार