जुम्ला अस्पतालमा २०० श्ययाको आइसुलेसन तयार गरिँदै

जुम्ला अस्पतालमा २०० श्ययाको आइसुलेसन तयार गरिँदै

चैत २५ जुम्ला

कर्णाली प्रदेशमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्च प्राथमिकता दिएको प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेले जानकारी दिएका छन् ।

प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालका निर्देशक डा. मंगल रावलले अहिले १२० आइसुलेसन श्यया , दश वटा आईसियू र ५ वटा भेन्टिलेटर तयार अवस्थामा रहेको बताए ।

उनका अनुसार जनचेतना कार्यक्रम, विशेषज्ञ डा. धिरज गुरुङको नेतृत्वमा कोभिड टाक्स फोर्स, ¥यापिड रेस्पोन्स टिम, हेल्थ डेक्स तथा क्वारेन्टाइन अनुगमनका कामहरु भईरहेका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानमा कार्यरत ३२ विशेषज्ञ चिकित्सक र २६ जना मेडिकल अफिसर सवै कोरोनाको जोखिमका विरुद्धका कार्यरत रहेका जानकारी दिनुभयो । उनले प्रतिष्ठानका कार्यरत ३५० कर्मचारी कोरोनाको सम्भावित जोखिम हुन नदिन कार्यरत रहेको बताए । प्रतिष्ठानले २०० श्ययाको आइसुलेसन तयार गर्न गर्न लागेको छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार