बेपत्ता दुई दाजु भाइको शव भेटियो

बेपत्ता दुई दाजु भाइको शव भेटियो

मुसिकोट । शुक्रबार दिउँसो रुकुम पश्चिमको मुसीकोट नगरपालिका-७ ठुली दहमा पौडि खेल्ने क्रममा डुबेर वेपत्ता भएका दुई दाजु भाइको शव फेला परेको छ । डुबेको करिब ३ घण्टा पछि दहबाट उनिहरुको शव निकालिएको प्रहरीले जनाएको छ ।

मुसीकोट नगरपालिका-१ सल्लेका २१ वर्षिय भिमबहादुर थापा र १७ वर्षिय प्रेम थापा पौडि खेल्ने क्रममा दहमा डुबेका उनीहरुको अपरान्ह ४ः२० बजे शव फेला परेको प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा दुवै दाजु भाइको शव दहभित्रको दलदलमा फसेको अवस्थामा निकालिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार