८० वर्षीय कुँवर कांग्रेसको वडा सभापति

८० वर्षीय कुँवर कांग्रेसको वडा सभापति

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया हाल जारी रहेको छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत अहिले वडा अधिवेशन जारी रहेको छ ।

भदौ १८ देखि  २३ गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गर्ने छ । शुक्रबारबाट सुरु भएको वडा अधिवेशनमा युवा नेतृत्वले बाजी मार्न थालेका खवर आईरहेका छन् ।

यतिबेला दैलेखकी १९ वर्षीय युवती स्वस्तिका महत र अछामको मंगलसेन नगरपालिका–११ को वडा सभापतिमा २२ वर्षीया जानकी रावल निर्वाचित भएको खवरले आम सञ्चार माध्ययममा खुबै चर्चा पाईरहेको छ। वडा सभापतिको जिम्मेवारीमा युवाले आफ्नो ताकत देखाईरहेकै बेला अछामका एक ८० वर्षीय वृद्धले समेत आफुलाई वडा सभापतिमा सक्षम रहेको देखाईदिएका छन् ।

जिल्लाको चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत चयन भएका हुन्। पार्टीले उनलाई सभापतिमा सर्वसम्मत चयन गरेपनि स्थानिय युवाहरु भने विरोध गरिरहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार