आठविसकोट निमित्त प्रमुख प्रशासकीय अधिकृतमा शाह नियुक्त

आठविसकोट निमित्त प्रमुख प्रशासकीय अधिकृतमा शाह नियुक्त

आठविसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले पदभार ग्रहण गर्नुभएको छ । सोमबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच शाहले नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गर्नुभएको हो ।

शाहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी आठविसकोट नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको हो । शाह आठविसकोट नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखामा स्वास्थ्य संयोजक एवम् जनस्वास्थ्य निरिक्षक पदमा रहेर काम गर्दै आउनुभएको थियो ।

पदभार ग्रहण गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले आठविसकोट नगरपालिकाको विकास सामूहिक काम भएकाले कर्मचारी र जनप्रतिनिधिहरुबीचमा राम्रो सम्बन्ध कायम हुनुपर्ने बताउनु भएको छ । कार्य सम्पादनका क्रममा उत्पन्न हुने समस्याको समाधान नगरपालिकाभित्रै खोज्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । पदभार ग्रहण एवं स्वागत कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले आ आफ्नो तोकिएको जिम्मेवारी र्इमान्दारीताका साथ पूरा गर्न सबै कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

शाहले २०५९ साल चैत्रमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ हाल नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह अन्तरगत अधिकृत स्तर छैठौ तह जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत हुनुहुन्थ्यो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार