नेकपा एमाले मुसिकोट २ को अध्यक्षमा खड्का चयन

नेकपा एमाले मुसिकोट २ को अध्यक्षमा खड्का चयन

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा नेकपा एमाले को वडा भेला सम्पन्न भएको छ । एमालेका स्थानीय नेता मोहनलाल खत्रीको अध्यक्षतामा आज रातामाटामा भेला सम्पन्न भएको छ ।

भेलाले गङ्गाराम खडकाको अध्यक्षतामा ३९ सदस्य नेकपा एमाले मुसिकोट नगरपालिका वडा नम्बर २ को वडा कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा महेस्वर क्षेत्रीयाल सचिब प्रेम थापा, उप-सचिब बेलमता खत्री चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा सोवर्न पुन, बिर्खध्वज पुन, टेकबहादुर खडका, परसुराम खत्री, कुमारी थापा, चिताराम सुनार, हिरे कामी, धनबिर खत्री, गनेश खडका, सशिराम खडका, डम्मर बिक, सुदिक्षा ओलि थापा, पम्फा दङ्गी केसी, मदन खडका, सुनिता बिक, अनिता बिक, सीता खडका बाठा मगर, गोपाल खत्री, काले पुन, जयमान पुन, चामे पुन, मैजर पुन, बेलमता खत्री पुन, टेकबहादुर पुन, टिकाराम क्षत्रीयाल, गोविन्द बिक, डम्मर बिक, सेविका केसि, बिरजङ्ग अधिकारी र यमुना खत्री चयन हुनुभएको छ ।

भेलामा नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सदस्य तथा रुकुम जिल्ला कार्यालयका सदस्यहरु नारायणकुमार शाह र नन्दराम देवकोटाको आतिथ्यता र प्रशिक्षण रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार