ओलीको संयोजकत्वमा अधिवेशन आयोजक कमिटि गठन

ओलीको संयोजकत्वमा अधिवेशन आयोजक कमिटि गठन

मुसिकोट । नेकपा एमाले जिल्ला कमिटि रुकुम पश्चिमको बैठक सम्पन्न भएको छ । मंगलबार एमाले रुकुम पश्चिमका उपाध्यक्ष ऋषिप्रसाद शर्माको अध्यक्षतामा पार्टिका केन्द्रिय सदस्य निरज आचार्यको प्रमुख आथित्यतामा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

बैठकले पार्टिलाई विगतको निरन्तरता सँगै क्रमभंगताको नयाँ गतबाट अगाडी बढ्ने उद्यघोषका साथ टंकप्रसाद ओलीको संयोजकत्वमा २ सय ७५ सदस्यीय ८ औँ जिल्ला अधिवेशन आयोजक कमिटि गठन गरेको छ ।

एमाले रुकुम पश्चिमका अनुसार बैठकले ७३ वडामा इन्चार्ज र सह इन्चार्ज तोकेको छ भने १३ वटा विभागका प्रमुख उपप्रमुख तथा १९ वटा फाँटका इन्चार्ज र सह इन्चार्ज तोकेको छ ।

यस्तै बैठकले असोज ८ देखि १२ गतेसम्म पालिका स्तरीय भेला गर्ने निर्णय गरेको संयोजक टंकप्रसाद ओलीले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा तत्कालिन एमाले उपाध्यक्ष ऋषिप्रसाद शर्मा, केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश सदस्य तिर्था गौतम, नेता नारायण कुमार शाह, प्रविर नेपाल लगायत एमालेका नेता तथा कार्यकताहरुको उपस्तिथि रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन एमाले प्रचार विभाग प्रमुख कर्ण बहादुर ओलीले गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार