काँग्रेस मुसिकोटको नगर सभापतिमा ओली निर्वाचित

काँग्रेस मुसिकोटको नगर सभापतिमा ओली निर्वाचित

नगर सभापति ओली

मुसिकोट । रुकुम पश्चिममा सर्वाधिक चासोपूर्वक हेरिएको नेपाली काँग्रेस मुसिकोटको नगर सभापतिमा प्रेमबहादुर ओली निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन अन्तर्गत आज भएको प्रथम नगर अधिवेशनबाट उहाँ सभापति पदमा निर्वाचित हुनुभएको हो ।
शनिबार अबेर सम्म भएको मतगणनाबाट उहाँले १ सय ६० मत पाएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्दी समिरजंग मल्लले ६६ मत प्राप्त गर्नुभएको थियो । जम्मा २ सय ४८ मतदाता रहेको मुसिकोट नगर अधिवेशनमा २ सय ३७ मत खसेको निर्वाचन समितिले जनाएको छ । ९ ओटा मत भने बदर भएका थिए ।

नव निर्वाचित सभापति ओली मुसिकोट नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष हुनुहुन्छ ।

मुसिकोट नगरपालिकाको उपसभापतिमा लक्ष्मण शर्मा र तुलानरसिं बुढा निर्वाचित हुनुभएको छ । उहाँहरुले १ सय ४२ र १ सय ५५ मत ल्याएर निर्वाचित हुनुभएको हते । त्यसैगरी सचिवमा सुर्यप्रकाश शर्मा र कालिबहादुर खड्का बिजयी हुनुभएको छ भने सहसचिवमा जय थापा र ध्रुव थापा निर्वाचित हुनुभएको छ । सचिव शर्माले १ सय ४७ र खड्काले १ सय ५६ मत प्राप्त गर्नुभएको छ । सह सचिव जय थापाले १ सय ५० र ध्रुव थापाले १ सय ५७ मत प्राप्त गर्नुभएको छ ।

मुसिकोटको नगर अधिवेशन जिल्लाका अरु पालिका भन्दा बढी चासोका साथ हेरिएको थियो । जिल्ला सदरमुकाम भएको र बढी मात्रामा अगुवा नेताहरु केन्द्रित रहेकोले पनि बढी चासोको रुपमा रहेको थियो ।

आजै जिल्लाका बिभिन्न पालिकामा काँग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्मतिबाट चौरजहारी नगर सभापतिमा प्रेमबहादुर ओली, आठबिसकोट नगर सभापतिमा अमृत बोहरा चयन हुनुभएको छ । त्यसैगरी बाँफिकोट गाउँपालिकामा जनक कुमार बाँठा, सानीभेरी गाउँपालिकामा सन्तोष रोका र त्रिवेणी गाउँपालिकामा दिपेन्द्र ओली सभापतिमा निर्विरोध हुनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार