रुकुम पश्चिममा चाडपर्व लक्षित बजार अनुगमन

रुकुम पश्चिममा चाडपर्व लक्षित बजार अनुगमन

मुसिकोट । दशैं तिहार लगायत चाडपर्वको मौका छोपी बजारमा हुने ठगी रोक्न रुकुम पश्चिममा बजार अनुगमन शुरु गरिएको छ । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको नेतृत्वमा, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, मुसीकोट नगरपालिका र उद्योग वाणिज्य संघले संयुक्त रुपमा बजार अनुगमन शुरु गरेका हुन् ।

बुधबार र बिहिबार खलंगा बजारको त्रिवेणिचोक, माथिल्लो बजार, सल्ले, सहिद मैदान, पातुखोला र बागबजारमा रहेका करिब ८९ वटा खाद्य तथा किराना पसल, नास्ता पसल, तरकारी तथा फलफुल पसलको अनुगमण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाले जानकारी दिनुभयो ।

अनुगमणको क्रममा खाने तेलको मूल्य पसल अनुसार फरक फरक पाईएको थियो । त्यस्तै जिल्लामा मौज्दात खाद्यको अवस्थाको बारेमा पनि जानकारी लिइएको थियो । अनुगमन टोलीले तोकीएकै मुल्यमा सामान बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न पनि सुझाव दिइएको छ । अनुगमगन टोलीले हाललाई जिल्लामा खाद्यन्न सामाग्री पर्याप्त मात्रामा स्टक रहेको समेत जनाएको छ ।

अनुगमनको क्रममा केहि पसलहरुबाट म्याद गुज्रेका खाद्य सामाग्रीहरु बरामद गरि नियन्त्रणमा लिईएको छ भने दर्ता तथा नविकरण नभएका व्यवसायीहरुलाई तत्काल व्यवसाय दर्ता, नविकरण गर्न निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाले जानकारी दिनुभयो ।

स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालन गरी गरिएको अनुगमनमा समितिले सबै व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई अनिवार्य पालना गर्न अनुरोध गरिएको छ । त्यस्तै बजार अनुगमन कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उद्योग हित संरक्षण कार्यालयका प्रमुख मोहन कुमार केसीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार