पुरुष पत्रकारलाई पनि सुत्केरी भत्ता

पुरुष पत्रकारलाई पनि सुत्केरी भत्ता

कञ्चनपुरबाट प्रकाशित हुने एक दैनिक पत्रिकाले पुरुष पत्रकारलाई प्रोत्साहन स्वरुप सुत्केरी भत्ता दिएको छ ।

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट प्रकाशित हुने नयाँ जनक्रान्ति दैनिकले पत्रकार मदन नेपालीलाई प्रोत्साहन स्वरुप नगद दुई हजार पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिएको हो ।

संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीहरु विरामी हुँदा, दुर्घटनामा पर्दा तथा सुत्केरी अवस्थामा प्रोत्साहन भत्ता दिदै आएको छ।

भीमदत्त नगरपालिका–३ नयाँ तिलकपुरका नेपालीकी श्रीमती सम्झनाले पहिलो सन्तानका रुपमा गत असोज १९ गते महाकाली अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार