आज पनि भारी वर्षाको सम्भावना

आज पनि भारी वर्षाको सम्भावना

फाइल

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । केही दिनदेखि अविरल वर्षा भइरहेको छ । आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली रहेको छ ।

बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी  प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा केहीदिनदेखि वर्षा भइरहेको छ । वर्षा र हिमपात हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार