रुकुम पश्चिममा रात्रिकालिन अवतरण गर्न मिल्ने हेलिप्याड बन्ने

रुकुम पश्चिममा रात्रिकालिन अवतरण गर्न मिल्ने हेलिप्याड बन्ने

फाईल तस्बीर ।

मुसिकोट । रुकुम पश्चिममा अब रात्रिकालिन अवतरण गर्न मिल्ने हेलिप्याड बन्ने भएको छ । बुधबार बसेको जिल्ला विपद् व्यबस्थापन समितिको बैठकले जिल्लाका तीन ओटा नगरपालिकामा रात्रिकालिन उडान क्षमता भएको हेलिप्याडको निर्माण गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार जिल्लामा कुनै संकट वा विपदका अवस्थामा रात्रिकालिन समयमा प्रयोग गर्न सकिने एर्पोट तथा हेलिप्याडहरु नभएकोले तीन ओटा नगरपालिकालाई रात्रिकालिन हेलिप्याड निर्माणका लागि अनुरोध गर्ने निर्णय भएको हो ।

जिल्लाका चौरजहारी, आठबिसकोट र मुसिकोट नगरपालिकामा उक्त हेलिप्याड निर्माणका लागि अनुरोध गरिएको हो । उक्त कार्यका लागि नेपाली सेनासँग समन्वय गरिने समेत प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । जतिसक्दो चाँडो नगरपालिकाले हेलिप्याड निर्माणको काम गर्ने गरी निर्णय भएको प्रजिअ गैह्रेले उल्लेख गर्नुभयो ।

यस्तै आज बसेको विपद् व्यबस्थापन समितिको बैठकले यस बर्षको मनसुनजन्य विपदबाट क्षति भएका निजि आवासहरु पुन निर्माण तथा पुनस्थापना कार्य अगाडि बढाउन लाभग्राहि कायम गरेर स्थानीय तह मार्फत अनुदान दिने निर्णय गरेको छ ।

त्यसैगरी बर्षातका कारण बालिनालीमा पुगेको क्षतिको विवरण कृषि विकास कार्यालय मार्फत तयार गरी भूमि व्यबस्था तथा सहकारी मन्त्रालयमा राहतका लागि सिफासि गरि पठाउने निर्णय भएको छ । बैठकले जिल्लामा हुन सक्ने विपद्को जोखिमबाट जोखिन, सामना गर्न आवश्यक तयारी तथा सहयोग र समन्वय गर्ने निर्णय समेत गरेको छ ।

विपद् व्यवस्थापन समितिको निर्णयः

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार