प्रधानन्यायाधीशको राजीनामा माग्दै रुकुम जिल्ला अदालतमा विरोध प्रदर्शन

प्रधानन्यायाधीशको राजीनामा माग्दै रुकुम जिल्ला अदालतमा विरोध प्रदर्शन

मुसिकोट । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै रुकुम जिल्ला अदालतमा कानुन व्यवसायीहरूले एक घण्टा शान्तिपूर्ण विरोध प्रर्दशन गरेका छन् ।

नेपाल बार एसोसियसन रुकुम पश्चिमको अगुवाईमा कानुन व्यवसायीहरूले आइतबार रुकुम जिल्ला अदालतमा एक घण्टा विरोध प्रर्दशन गरेका हुन । बारका पदाधिकारी तथा अधिवक्ताले हातमा कालो पट्टी बाँधेर अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन् ।

‘केन्द्रीय तालिका अनुसार प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै एक घण्टा धर्ना दिएका हौँ’ नेपाल बार एसोसियसन रुकुम पश्चिमका अध्यक्ष गणेश हमालले भन्नुभयो, ‘भोलि र पर्सि पनि हामी त्यही विरोधलाई निरन्तरता दिन्छौँ ।’

बुधबारबाट केन्द्रीय निर्णय अनुसार आन्दोलनको स्वरूप फेरिन सक्ने अध्यक्ष हमालले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार