डिग्रे शाईकुमारी मन्दिरमा पूजापाठ बन्द

डिग्रे शाईकुमारी मन्दिरमा पूजापाठ बन्द

लक्ष्मण केसी

चैत २९ रुकुम पश्चिम
कोरोना भाइरसको नियन्त्रण तथा त्यसबाट सुरक्षित हुन सरकारले घोषणा गरेको लक डाउनका कारण  कर्णाली प्रदेशकै प्रशिद्ध धार्मिकस्थल रुकुम पश्चिम को मुसिकोट नगरपालिका नजिकैको थर्पुमा अवस्थित डिग्रे शाईकुमारी मन्दिरमा भक्तजनहरुका लागि दैनिक पूजापाठ बन्द गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न मन्दिरमा आउने भक्तजनहरुका लागि पुजापाठ बन्द गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीले बताउनु भयो ।
उहाँले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत  भक्तजनहरु लकडाउन अबधिभर मन्दिरमा नआइदिनुहुन अनुरोध गर्नुभएको छ ।

यस अघि मन्दिरमा विभिन्न स्थानबाट आएका दैनिक करिब दुई सय जना दर्शनार्थीले पुजापाठ गर्दै आएका थिए । मन्दिरमा पूजापाठ गरेपछि आफुले मनले चिताएको प्राप्त हुने विश्वास रहेको छ ।

यस्तै मन्दिरमा बलि चढाउन, बैबाहिक तथा अन्य पूजाआजा गर्न मानिसको भिडभाड गर्न नपाउने गरी सम्पूर्ण कार्य बन्द गरिएको पुजारी रामप्रसाद गौतमले उजेली न्यूज सँग टेलिफोनमा बताउनु भयो । उहाँले भन्नुभयो हामीले सामाजिक सञ्जाल र रेडियो मार्फत भक्तजनहरुका लागि पुजापाठ बन्द गरेकाे सुचना जारी गरेपनि अहिले दैनिक एक दुई जना आउने गरेका छन । बन्दको समयमा पनि पुजा गर्नआएका भक्तजनहरुको लागि भने पुजा गर्न रोक लगाएका छैनौ । पुजारी गौतमले भन्नुभयो उहाँहरुलाई एक एक जना गरि सामाजिक दुरि कायम गरि माक्स लगाएर पुजापाठ गर्ने व्यवस्था गरेका छौ ।

कोरोना भाइसर संक्रमणको जोखिम बढ्ने भन्दै अहिले  देशभरका अधिकाश मन्दिर, मस्जिद तथा ठूला धार्मिकस्थलहरु बन्द भएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार