अपडेट : थप उपचारको लागि रिफर गरिएका एक जनाको मृत्यु

अपडेट : थप उपचारको लागि रिफर गरिएका एक जनाको मृत्यु

मुसिकोट । जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा सोमबार बेलुका भएको बस दुर्घटनामा परेर गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका १ घिमानेका ६७ बर्षका बुधुराम खड्काको उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा राती नै बाटोमा मृत्यु भएको हो । सोमबार राती नै जिल्ला अस्पताल सल्लेबाट रिफर गरिएका खड्काको थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा गम्भिर घाईते मध्य मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बिरबल केसी, सोहि वडाका शुशिल थापा, नवराज खड्का र बुधुराम खड्कालाई लाई थप उपचारका लागि जिल्ला अस्पतालले रिफर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलहि लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ फर्किरहेको रा १ ख २१०९ जन्ती बस हिजो बेलुका साढे सात बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाईते भएका ४० जना मध्य १० जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाईतेहरुको अवस्था सामान्य रहेको र उपचारपछि घर जाने क्रममा रहेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार